चर्चित संगीत संयोजक महाराज थापालाई ब्रेन सिजर
काठमाडाैं | पुस ८, २०७९
काठमाडौं: चर्चित संगीत संयोजक महाराज थापा अस्पताल भर्ना भएका छन् । ब्रेन सिजरका कारण उनलाई शुक्रबार नर्भिक अस्पताल भर्ना गरिएको हो ।
बिहान साथीहरुसँग ब्याडबेन्टिन खेल्ने क्रममा एक्कसी लडेका उनलाई तुरुन्तै नर्भिक अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा डाक्टरले उनलाई ब्रेन सिजर भएको बताएका संगीतकार चेन सापकोटाले बताए ।
‘बिहान अस्पताल ल्याउँदा उहाँको अवस्था एकदमै खराव थियो’ सापकोटाले भने, ‘अहिले डाक्टरले खतरा मुक्त भएको बताएका छन् ।’ सापकोटाले थापाको उपचार खर्च सबै संगीतकार संघले गर्ने समेत जानकारी दिए ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

